काठमाडौं । ५ सय डिग्री सेल्सियस तापक्रम रहने शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ ।
यस मिसनमार्फत् शुक्र ग्रह सिसासमेत पग्लिने तातो कसरी भयो भनेर जान्न खोजिने नासाका प्रशासक बिल नेल्सनले बताएका छन् ।
सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ ।
पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ ।
यी दुवै मिसनका लागि ५०/५० करोड डलर बजेट छुट्याइएको नासाले जनाएको छ ।
पृथ्वीको नजिकको ग्रह किन यति तातो छ भन्ने कुरा पत्ता लगाउन अन्तरिक्ष मिसन सञ्चालन गर्न लागिएको हो ।



