काठमाडौं । निषेधाज्ञा कायमै रहे पनि सवारी साधनको मर्मतसम्बन्धी काम खुला हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको आदेश अनुसार शुक्रबारदेखि यस्तो सेवा दिने वर्कशपहरु खोल्न पाउने भएका हुन्।
तर, यस्तो सेवा दिने पसलहरु बेलुकी ९ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खोल्न पाउनेछन् ।