images
images

बन्दाबन्दीका कारण दैनिक रु १० करोड बराबरको दूध नोक्सान हुँदै


  • 608
    SHARES
  • २०७८ जेठ १९ गते बुधबार

    बन्दाबन्दीका कारण दैनिक रु १० करोड बराबरको दूध नोक्सान हुँदै

    काठमाडौं ।  नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा रु १० करोड बराबर दूध खेर गई नोक्सानी हुँदै आएको छ । 

    एसोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालका अनुसार कोरोना महामारी अगावैको सहज अवस्थामा दैनिक ३१ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेकामा  दैनिक मात्र १३ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेको तथ्याङ्क छ  । 

    नेपालमा दुग्ध क्षेत्रको कूल ग्रार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान गरेको छ । नेपालमा घरेलु, साना, मझौला र ठूला डेरी उद्योग गरी चार प्रकारका डेरी उद्योग छन् । देशभर सबै प्रकारका डेरीको तथ्याङ्क हेर्दा करीब सात हजार छन् ।

    कोरोना महामारीका कारण सानादेखि ठूलासम्मका होटेल व्यवसाय, पार्टी प्यालेसलगायतका दूध र दुग्धजन्य सामग्रीको खपत हुने क्षेत्रमा परेको प्रभावका कारण खपत घटेपछि दैनिक रुपमा रु १० करोड बराबरको दूध खेर गई नोक्सानी हुँदै आएको एसोसिएशनका महासचिव दाहालले बताए ।  


    images
    images

    Logo