काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कूल १ हजार ४ सय ५६ जना कोरोना संक्रमित भेटिएका छन् ।
त्यसैगरि, काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना संक्रमित भेला परेका छन् ।
यो सँगै नेपालमा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन् ।