काठमााडौं । मंगलबार नेप्से परिसूचक ११.६८ अंकले घटेर २७७१.१५ अंकमा सीमित भएको छ ।
यो दिन १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरि ६६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ डेभलपमेन्ट बैंक र फाइनान्सबाहेकका अन्य उपसमूहमा गिरावट देखिएको छ ।
यो दिनको कारोबारमा कालिका पावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने सेयर मूल्य बढ्ने अन्य कम्पनीमा लुम्बिनी विकास बैंक, गोर्खाज फाइनान्स, समिट माइक्रो फाइनानस डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक छन् ।