काठमाडौं । साल्ट ट्रेडिङले मंगलबार तीनवटा डेलिभरी भ्यानमार्फत काठमाडौं र भक्तपुरमा खाद्यान्न बिक्री गर्ने कम्पनीले जनाएको छ ।
उपभोक्ताहरुले फोन गरेर माग गरेको आधारमा १२ वटा टोल क्षेत्रमा भ्यानमार्फत माइकिङ गर्दै खाद्यान्न बिक्री गर्न लागिएको हो ।
मंगलबार खाद्यान्न बोकेको पहिलो भ्यान सेगल, क्षेत्रपाटी, ठहिटी, बाङ्गेमुडा, ठमेल र सञ्चयकोष भवन वरपर खाद्यान्न बिक्री गर्ने छ ।
यस्तै दोस्रो भ्यानबाट सितापाइला, रामकोट, भीमढुंगा र काभ्रेस्थलीमा खाद्यान्न बिक्री गरिने छ भने तेस्रो डेलिभरी भ्यान ठिमी, बालकोट, लोकन्थली, कौशलटार र गोलमढीमा खाद्यान्न बिक्री गरिने जनाइएको छ ।
एउटा भ्यानमा करिब ५० देखि ६० घरलाई पुग्ने खाद्यान्न कर्पोरेसनले बिक्रीका लागि पठाएको छ ।
कर्पोरेसनले दाल, चामल, नून, चिनी, तेल, मैदा, पिठो, चिउरा र मस्यौरा बिक्रीमा लागि भ्यानमा पठाएको जनाएको छ ।
कर्पोरेसनले बिक्री गर्ने एसटीसी ग्यास भने डिलरबाटै उपभोक्ताले खरिद गर्न सक्ने कर्पोरेसनले जनाएको छ ।



