images
images

सीजी कम्युनिकेसन्सको इन्टरनेट सेवा सुरु, १२० एमबीपीएसको ९९९ रूपैयाँ


  • 446
    SHARES
  • २०७८ जेठ १८ गते मंगलबार

    सीजी कम्युनिकेसन्सको इन्टरनेट सेवा सुरु, १२० एमबीपीएसको ९९९ रूपैयाँ

    काठमाडौं । सीजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ ।

    सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।

    उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

    सीजी नेट देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ । कम्पनीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने जनाएको छ ।

    भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइनकक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न सीजी नेटले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको छ ।

    सुरुवातमा कम्पनीको सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सीखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको इन्टरनेट सेवाको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ । 

    १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुने जनाइएको छ । 

    हालका लागि सीजी डिजिटलका शाखा जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने जनाइएको छ ।

     


    images
    images

    Logo