काठमाडौं । सुनचाँदी बजारमा निरन्तर घटिरहोको सुनको मूल्यमा आज वृद्धि भएको छ । बिहिवार छापावाला सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
बुधवार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।