images
images

देव विकास बैंकका शाखा प्रबन्धकलाई २१ करोड ५३ लाख जरिवाना, ७ वर्ष कैद


  • 521
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    देव विकास बैंकका शाखा प्रबन्धकलाई २१ करोड ५३ लाख जरिवाना, ७ वर्ष कैद

    काठमाडौं । उच्च अदालत तुलसीपुरले देव विकास बैंक नारायणपुरका शाखा प्रबन्धक समिर बुढाथोकीलाई २१ करोड ५३ लाख ३३ हजार रुपैयाँ जरिवाना र ७ वर्ष कैद सजायको फैसला गरेको छ ।

    बुढाथोकीले २०७४ चैत ३० देखि २०७६ जेठ १२ गतेसम्म १५ महिनाको अवधिमा ३६ वटा नक्कली कर्जा खाता सिर्जना गरी बैंकको १८ करोड ३ लाख ७२ हजार २१८ रुपैयाँ ५३ पैसा हिनामिना गरेको ठहरसहित अदालतले उक्त सजाय तोकेको हो ।

    बुढाथोकीलाई बिगो ३ करोड ५० लाख ६० हजार रुपैयाँ र जरिवाना १८ करोड ३ लाख ७२ हजार रुपैयाँसहित २१ करोड ५३ लाख ३३ हजार रुपैयाँ र ७ वर्ष कैदको सजाय हुने अदालतले ठहर गरेको छ ।

    यस्तै बुढाथोकीले ३६ वटा कर्जा खातामा १७ करोड ९९ लाख ९० कर्जा रकम सिर्जना गरी आफू, स्थानीय बसन्त बस्नेतसहित ४५ जनाको बैंक खातामा रकमान्तर गरी हिनामिना गरेको आरोपमा मुद्दा दायर भएको थियो । बैंकका शाखा प्रबन्धक बुढाथोकीसहित ५६ जना बिरुद्ध उजुरी परेको थियो । जसमध्ये अदालतले ३३ जनालाई कैद र जरिवाना तथा अन्य ३ जनालाई बिगो जरिवाना तोकेको उच्च अदालत तुलसीपुरले जनाएको छ । 

     


    images
    images

    Logo