काठमाडौं । आज सुनको मुल्यमा गिरावट आएको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मु्ल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्यमा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।