images
images

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै


  • 415
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

    काठमाडौं ।  आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट  गरी मनाइँदै छ ।
    ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनेर मान्ने गरिन्छ । 

    अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–
    गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर : ।
    गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम : ।।

    माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।


    images
    images

    Logo