images
images

तोकिएकै समयमा आयकर बुझाउन विभागको  ताकेता 


  • 440
    SHARES
  • २०७९ आषाढ २८ गते मंगलबार

    तोकिएकै समयमा आयकर बुझाउन विभागको  ताकेता 

    काठमाडौं । आन्तरिक राजश्व विभागले तोकिएकै समयमा आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ । विभागले आज सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो ।

    विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आय वर्ष आयकरको किस्ता रकम असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित राजस्वरकरदाता सेवा कार्यालयमा बुझाउन  आग्रह गरेको हो ।

    १ साउनदेखि आगामी आर्थिक वर्ष २०७९/८० सुरु हुन्छ । त्यसपछि आयकर ऐन अनुसार जरिवाना सुरु हुन्छ त्यसैले सरकारले तोकिएको समयमै आयकर बुझाउन विभागको  ताकेता आग्रह गरेको छ । 

     


    images
    images

    Logo