काठमाडौं । गृह मन्त्रालयले ३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृह मन्त्रालयले गत शुक्रबार सिडिओ सरुवा गर्ने निर्णय गरेको थियो । मन्त्रालयले सो निर्णयलाई आइतवार कार्यन्वयन गरेको हो ।
गृह मन्त्रालयले भोजपुरमा हरिप्रसाद घिमिरेलाई सिडिओ बनाएर पठाएकाे छ भने खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाइएको छ ।
गृह मन्त्रालयका अनुसार, भोजपुरका सिडिओ वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र खोटाङका फणिन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ।
त्यस्तै, कञ्चनपुरका रामप्रसाद पाण्डे गृह मन्त्रालयबाट बाहिर निस्किएका छन् । उनलाई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो ।