images
images

गरगहना लगाएर आवत–जावत गर्दा भन्सारमा अवरोध नगर्न व्यवसायीको आग्रह


  • 377
    SHARES
  • २०७९ आषाढ २८ गते मंगलबार

    गरगहना लगाएर आवत–जावत गर्दा भन्सारमा अवरोध नगर्न व्यवसायीको आग्रह

    काठमाडौं । मौलिक गरगहना लगाएर आवत–जावत गर्दा भन्सारमा अवरोध नगर्न सुनचाँदी व्यवसायीको आग्रह गरेको छ ।  गरगहना लगाएर विदेशवाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यक रुपमा कडाई हुने गरेको भन्दै सुनचाँदी ब्यवसायीहरुले त्यसमा सहजीकरण गर्न भन्सार विभागसँग आग्रह गरेका छन् ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधीमण्डलले विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई सँग भेटगरी यस्तो आग्रह गरेको हो । 

    महानिर्देशक भट्टराईसँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा ५० ग्रामभन्दा बढीको सामान ल्याएमा त्यसको भन्सार लिने गरिएको प्रति असन्तुष्टि जनाउँदै विमानस्थल भन्सारवाट आवत–जावत गर्दा भन्सारमा अवरोधन गर्न नहुनेधारणा राखेका हुन् । 

    विद्यमान ब्यवस्था अनुसार विदेशवाट नेपाल आउँदा प्रत्येक ब्यक्तिले ५० ग्रामसम्म सुन भन्सार छुटमा ल्याउने पाउने ब्यवस्था छ । तर गरगहनाको हकमा यस्तो सिमा निर्धारण गरिएको छैन । नेपालवाट वाहिर जाँदा गरगहना लगाएर जान पाइने तर बाहिरवाट नेपाल आउँदा ५० ग्राम भन्दा बढी गरगहना लगाएको पाइले त्यसको समते भन्दार लिने गरेको पाइएपछि ब्यवसायीहरुले त्यसको विरोध गरेका हुन् । 


    भन्सार विभागका महानिर्देशक भट्टराईले ब्यवसायीका समस्याको अध्ययनगरी त्यसलाई सम्वोधनगर्न पहल गर्ने बताउनभ्यो । यद्यपी यसक्रममा कतिपय ब्यक्तिले गगहनाको वाहाना वनाएर सुन नै ल्याउन खोजेको भेटिएपछि यसका कडाई गर्नु परेको उनको भनाई छ । 


    images
    images

    Logo