काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदको लागि कर्मचारी मागेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो । सञ्चय कोषले नवौँ तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ ।
उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र अनलाइन दरखास्त दिन सक्नेछन् । २१ दिन पश्चात ७ दिनसम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त दिन सकिने जनाइएको छ।