काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना गरेका छन् । सामाजिक सञ्जालमा प्राक्टिकल बेष्ट सोलुसन प्रा.लि ले धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा आएपछि मेयर बालेनले सो कम्पनीलाई २५ हजार जरिवाना गरेका हुन् ।
शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत प्राक्टिकल बेष्ट सोलुसन प्रा.लि लाई नियमअनुसार जरिवाना गराइएको जानकारी दिएका छन् । आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन समेत उनले अनुरोध गरेका छन्।
साथै उनले कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको समेत बताएका छन्। यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिएकोमा उनले धन्यवाद लिएका छन्।



