images
images

लगातार किन बढ्यो आयात ? यसो भन्छ केन्द्रीय बैंक


  • 385
    SHARES
  • २०७९ आषाढ २७ गते सोमबार

    लगातार किन बढ्यो आयात ? यसो भन्छ केन्द्रीय बैंक

    काठमाडौँ ।  निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आर्थिक बर्ष ११ महिनामा कूल व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ । यस आधारमा कूल वस्तु आयात १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबर भएको छ । 

    पछिल्ला केही महिनायता निर्यातमा उत्साहजनक वृद्धि भए पनि आयातको तुलनामा नगण्य नै रहेको छ । निर्यातको आधार सानो भएको तथा आयातको वृद्धि उच्च रहेका कारण व्यापार घाटा वृद्धि हुँदै गएको छ । आर्थिक बर्ष२०७८/७९ को एघार महिनामा कूल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १ खर्ब ८५ अर्ब ८४ करोड रुपैयाँ बराबर पुगेको छ । 

    पेट्रोलियम पदार्थको आयात ८१ प्रतिशतले बढ्यो 

    केन्द्रीय बैंकका अनुसार चालु आर्थिक बर्षको १० महिनामा पेट्रोलियम पदार्थको आयात ८१.१ प्रतिशतले वृद्धि भएको छ । कोरोना कालपछि हरेक क्षेत्रमा सक्रियता बढेपछि पेट्रोलियम पदार्थको आयातमा उल्लेख्य मात्रामा वृद्धि भएको हो । नेपालले आयात गर्ने प्रमुख वस्तुमा पेट्रोलियम पदार्थ, यातायात उपमकरण, मेसनिरी तथा पार्टस र औषधि छन् । कूल वस्तु आयातमा त्यस्ता वस्तुको हिस्सा करिब एक तिहाई बराबर छ । 

    यस्तै, यातायातको उपकरण तथा पार्टुको आयात करिब दुई प्रतिशत, अन्य मेसिनरी तथा पार्टस्को आयात २२ प्रतिशत र औषधिको आयात १२४ प्रतिशतले वृद्धि भएको छ । 

    ८ खर्ब ११ अर्ब विप्रेषण 

    केन्द्रीय बैंकका अनुसार चालु आर्थिक बर्षको १० महिनामा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । चालु आर्थिक बर्षको सुरुवातदेखि नै विप्रेषण आप्रवाहमा अपेक्षाकृत रुपमा वृद्धि हुन सकेको थिएन । पहिलो नौ महिनासम्म विप्रेषण आप्रवाह घट्दै आएकामा दशौँ महिनामा सामान्य वृद्धि भएको थियो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाहमा १.६ प्रतिशतले कमी आएको हो । केन्द्रीय बैंकका अनुसार गत फागुनमा ९१ अर्ब रुपैयाँ, चैतमा ९४ अर्ब रुपैयाँ र वैशाखमा ८७ अर्ब रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्यामा उतसाहजनक वृद्धि हुँदै गएको छ । 

    चालु आर्थिक बर्षको १० महिनामा अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा उल्लेख्य रुपमा वृद्धि भई २ लाख ७८ हजार २९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८.४ प्रतिशतले घटेको थियो । 

    भित्रनेभन्दा बाहिरिने पैसा बढी 

    केन्द्रीय बैंकका अनुसार देशभित्र भित्रने पैसा भन्दा बाहिरिने मुद्राको मात्रा बढिरहेको छ । आयातमा वृद्धि हुँदै गएको, विप्रेषणमा आप्रवाहमा सुधार हुन नसकेका कारण चालु खाता घाटा तथा शोधानान्तरमा चाप परेको छ । चालु आर्थिक बर्षको १० महिनामा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँले घाटामा थियो । यस्तै, शोधनान्तर स्थिति रु दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु सात अर्ब ७५ करोडले बचतमा थियो । चालु आवको सुरुवातदेखि नै चालु खाता घाटा विगत पाँच वर्ष भन्दा उच्च गतिमा विस्तार हुँदै आएको  थियो । अघिल्लो आवमा चालु खाता घाटाको कूल उत्पादनसँगको अनुपात ७.८ प्रतिशत छ । चालु आर्थिक बर्षको १० महिनामा चालु खाता घाटा जीडीपीको अनुपात ११.३ प्रतिशत पुगेको छ ।
     
    यस्तो अनुपात सन् २०२२ मा बङ्गलादेशमा ३.२ प्रतिशत भुटानमा १०.६ प्रतिशत, भारतमा २.९ प्रतिशत, पाकिस्तानमा ५.३ प्रतिशत र श्रीलङ्कामा ७.१ प्रतिशत रहने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । 

    मुलुकको बाह्य क्षेत्रमा परेको चापले विदेशी विनिमय सञ्चिति व्यवस्थापनमा चुनौती थपेको छ । चालु आर्थिक बर्षको १० महिनामाम विदेशी विनिमय सञ्चितिमा करिब २.४७ अर्ब अमेरिकी डलरले कमी आई ९.२८ अर्ब डलर कायम भएको छ । यस्तो सञ्चिति ६.६ महिनाको वस्तु तथा सवा आयातका लागि प्रर्याप्त हुने देखिन्छ ।आयात गर्ने क्षमताका आधारमा उक्त सञ्चिति विगत ६ वर्षयताकै न्यून छ ।
     
    केन्द्रीय बैंकले दिएको जानकारीअनुसार सन् २०२१ मा बङ्गलादेशमा ६्२९ प्रतिशत, भारतमा ९्८३, चीनमा ११६६, मालदिभ्समा २्४२ र पाकिस्तानमा ३्३६ महिनाको आयातका लागि प्रर्याप्त हुने विदेशी विनिमय सञ्चिति रहेको थियो । पछिल्लो समयमा नेपाली मुद्राको अमेरिकी डलरसँग भइरहेको अवमूल्यनले मुद्रास्फिति नियन्त्रणमा चुनौती थप्ने जोखिम छ ।

    केन्द्रीय बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असार २० गतेसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६९ प्रतिशतले अवमूल्यन भएको छ ।

     


    images
    images

    Logo