काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले अनुमति नलिई प्याराग्लाईडिङ उडान गर्नेलाई कारवाही गर्ने जनाएको छ । प्राधिकरण अन्तरगतको फ्लाइट स्उाण्डर्डस विभागले सोमबार सूचना जारी गर्दै अनुमति विना प्याराग्लाईडिङ गर्नेलाई कारवाही हुने जनाएको हो ।
प्राधिकरणले सभा, सम्मेलन, महोत्सव र नयाँ व्यवसायिक कम्पनी खोल्ने प्रयोजनका लागि सम्भाव्यता अध्ययन गर्न भन्दै देशका विभिन्न ठाउँमा प्याराग्लाईडिङ्ग उडान गरेको सूचना प्राप्त भएकोले त्यसो नगर्न आग्रह समेत गरेको छ ।
प्राधिकरणका अनुसार अनुमति नलिई उडान गरेको पाइए प्याराग्लाईडिङ कम्पनीको सञ्चालन प्रमाणपत्र, उडान गर्ने प्याराग्लाईडिङ पाईलटको लाईसेन्स निलम्बन वा खारेजीसम्मको कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
