काठमाडौं । आज पनि एआईजी विश्वराज पोखरेलको रिटमा सुनुवाइ हुन सकेन । सोमबार प्रतिवादीतर्फका कानुन व्यवसायी नआएका कारण सुनुवाइ हुन नसकेको हो ।
धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै रिट निवेदन दायर गरेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको मुद्दामा सोमबार पनि सुनुवाइ हुन नसकेकाे हाे ।
पोखरेलको मुद्दा आइतबारलाई पेसी तोकिएको थियो सो दिन इद परेकाले सरकारले सार्वजनिक विदा दिएकाले सोमबारको लागि सुनुवाइको पेशी तोकिएको थियो । उक्त रिटलाई सर्वोच्च अदालतले शुक्रबारसम्मको लागि ‘हेर्दाहेर्दै’ मा राखेको छ ।