किभ । रुसी सेनाको रकेट हमलामा युक्रेनको चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ ।
आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अधिकारीहरूको भनाई छ । पाँच जना पीडितलाई भग्नावशेषबाट जीवितै बाहिर निकालिएको छ । पाँच तले भवनको एक छेउको भाग भत्किएर भग्नावशेषको पहाडमा परिणत भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
पछिल्ला समयमा रुसी सेनाले युक्रेनका एकपछि अर्को सहरलाई आक्रमण गरेका छन् ।