images
images

भक्तपुरको सूर्यविनायकबाट नक्कली नोटसहित एक जना पक्राउ


  • 440
    SHARES
  • २०७९ आषाढ २६ गते आइतबार

    भक्तपुरको सूर्यविनायकबाट नक्कली नोटसहित एक जना  पक्राउ

    काठमाडौं । भक्तपुरको सूर्यविनायकबाट १ हजार दरका १३ थान नक्कली नोटसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    प्रहरीले विशेष सूचनाका आधारमा आज सूर्यविनायक–८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंक पछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

    नक्कली नोट रहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले एक हजारको १३ थान नक्कली नोटसहित पक्राउ गरेको वृत्त जगातीको सूचना शाखाले जानकारी दिएको छ ।

     


    images
    images

    Logo