images
images

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पिताम्बर जोशी निर्वाचित


  • 315
    SHARES
  • २०७९ आषाढ २६ गते आइतबार

    कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पिताम्बर जोशी निर्वाचित

    काठमाडौं । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १७औँ कार्यकारिणी समितिको निर्वाचनमा युवा व्यवसायी पिताम्बर जोशी अध्यक्ष पदमा निर्वाचित भएका छन् । सङ्घको आज सम्पन्न मतगणनामा सङ्घका पूर्वअध्यक्षसमेत रहेका अध्यक्षका अर्का प्रत्यासी गणेशदत्त जोशीलाई फराकिलो मतअन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

    निर्वाचित जोशीले १ हजार २ सय ९९ मत प्राप्त गर्नुभयो भने पराजित जोशीले ७ सय ८३ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल ७ सय ५८ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी वासुदेव जोशीले ४ सय ८८ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी महासचिव पदमा निर्मला सापकोटा भट्टलाई पराजित गर्दै खगेश्वर बोहरा निर्वाचित भएका छन् । महासचिव पदमा बोहराले १ हजार २ सय १ मत पाए भने अर्का प्रत्यासी भट्टले ८ सय मत प्राप्त गरेका छन् । शनिबार भएको मतदानमा दुई हजार १ सय ८४ मत खसेको वाणिज्य सङ्घ कञ्चनपुरले जनाएको छ । 

    यसअघि सङ्घको वरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी प्यानलका दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट, कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका थिए । त्यसैगरी सङ्घको सात सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् ।


    images
    images

    Logo