भक्तपुर । अष्ट्रेलियन टेक्निकल कलेजका प्रतिनिधि असिफ अलीले मादक पदार्थ सेवन गरी शैक्षिक परामर्श व्यवसायीलाई दुव्र्यवहार गरेका छन् । कलेजको सूचना आदानप्रदान गर्ने भन्दै कार्यक्रममा बोलाएर केही परामर्श व्यावसयीहरुलाई दुव्र्यवहार गरेका हुन् ।
काठमाडौंको हात्तिसार स्थित नेपाल हाउस होटेलमा शैक्षिक परामर्श संस्थाहरुलाई अष्ट्रेलियन टेक्निकल कलेजका प्रतिनिधि असिफ अलिले व्यवसायीक छलफल र कलेजको सूचना आदान प्रदान गर्ने भन्दै होटेलमा कार्यक्रम आयोजना गरेको र कार्यक्रम सुरु हुनु भन्दा अगाडि नै मादक पदार्थ सेवन गरी अपमानजनक र अश्लिल शब्द बोलेको राष्ट्रिय शैक्षिक परामर्श संघले जनाएको छ ।
अलीले राष्ट्रिय शैक्षिक परामर्श संघका एक सदस्यलाई ज्यान मार्ने धम्कि दिएको र एक जना कन्सलटेन्सि सञ्चालकको नाम लिदै यसलाई फोन गर्छु भनेर बारम्बर धम्क्याएको पडित पक्षले बताएका छन् ।
कलेजका प्रतिनिधि असिफ अलीको उक्त कार्यप्रति कारवाहीको माग गर्दै नेकाले प्रहरी प्रशासनमा उजुरी दिएको थियो ।उजुरी पछि उद्दण्डता देखाउदै आफूलाई मै हुँ भन्ने अहम्ताले भरिपूर्ण अलीलाई प्रहरीको माध्यमद्वारा प्रहरी कार्यालयमा उपस्थित गराइ प्रहरीकै रोहवरमा जो जो सदस्य साथीहरुलाई उनले अपमानजनक व्यवहार गरेका थिए उनीहरूको अगाडि राखि माफी माग्न लगाइ छोडिएको राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले जनाएको छ ।
नेकाको प्रेस विज्ञप्तिमा आफ्ना सदस्य साथीहरुलाई गरेको व्यवहार सैह्य छैन भनिएको छ । शैक्षिक परामर्श व्यवसायी तथा कलेज/युनिभर्सिटीका प्रतिनिधिहरू वीच विश्वासयोग्य, स्पष्ट र असल सम्बन्ध हुनुपर्छ भन्ने कुरामा सचेत रहेको र संघ शैक्षिक परामर्श व्यवसायी सदस्य सार्थी/विध्यार्थी/अभिभावक हरुको हकहितलाई ध्यानमा राखी जायज मागको सम्बन्धमा सदैव अगाडि रहने कुरा प्रष्ट पारेको छ ।
भविष्यमा कुनै पनि विदेशी कलेज/युनिभर्सिटीका प्रतिनिधीहरूले नेपालका परामर्शदाता/बिध्यार्थी एवं अभिभावकसंग सदैव असल सम्बन्ध कायम गरि सबैको भलो हुने पथमा अगाडि बढ्न सम्पूर्ण प्रतिनिधिहरूलाई हार्दिक अपिल गर्दछौं,नेकाको बिज्ञप्तिमा भनिएको छ ।अली केही दिन अगाडीमात्र अष्ट्रेलियन टेक्निकल कलेजको प्रचार प्रसारका लागि नेपाल आएका थिए ।



