काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामाप्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएको छन् । एमालेका उम्मेदवार रामबहादुर बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मतले ल्याएका हुन् ।
उपप्रमुख पदमा विजयी मायाकुमारी खड्का (कुँवर) ले ४ हजार ७ सय २७ मत ल्याएकी छन् । उनीसँग पराजित कांग्रेसका उम्मेदवार रिता शाही (शाह) ले ३ हजार ७ सय ५५ मत ल्याइन् ।
१० वडा रहेको बुढीगंगामा ७ वटा वडाका वडाअध्यक्ष पदमा एमाले उम्मेदवार विजयी भएका छन् । कांग्रेसले ३ वडा जितेको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् भने ४, ७ र ८ मा कांग्रेस विजयी भएका छन् । बुढीगंगामा वैशाख ३० को निर्वाचन स्वतन्त्र हुन नसकेपछि निर्वाचन आयोगले पुन: मतदान गराउने निर्णय गरेको थियो ।



