images
images

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीकाे राजीनामा माग


  • 296
    SHARES
  • २०७९ आषाढ २६ गते आइतबार

    त्रिभुवन विश्वविद्यालयका पदाधिकारीकाे राजीनामा माग

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकपछि अर्को परीक्षामा लापरबाही गरेको  भन्दै नेविसंघले पदाधिकारीको राजीनामा मागेको छ । 

    हिजो  त्रिविको यस्तो गैरजिम्मेवार, शंकास्पद तथा लापरवाहीपूर्ण कदमप्रति नेविसंघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष दुजाङ शर्माले विज्ञप्ति जारी गरेका छन् । 

    निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाउने, गत वर्षकै प्रश्नपत्र यसपालि पनि हुबहु दोहो¥याउने र फरक विषयका प्रश्नपत्र वितरण गरी विद्यार्थीको भविष्यमा गम्भीर आघात पु¥याउने काम त्रिविबाट भइरहेकै नेविसंघको आरोप छ ।

    त्रिविले असार २२ मा व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३ः अर्गनाइजेशन बिहेव्यरको प्रश्नपत्र मोर्डन नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको छ ।यस्तै असार २५ गते बिबिए छैटौं सेमेस्टरको नेप्लिज सोसाइटी एण्ड पोलिटिक्स एसओसी २०२ विषयको परीक्षामा पाँचौं सेमेस्टरको सोसोलोजीको प्रश्न सोधिएकोमा विद्यार्थीले विरोध गरेका थिए ।

    परीक्षाजस्तो संवेदनशील विषयमा लापरबाही भएकोले त्रिवि पदाधिकारीले राजीनामा दिनुपर्ने नेविसंघको माग छ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 


    images
    images

    Logo