images
images

आजको मौसम : यी स्थानमा  पानी पर्छ


  • 296
    SHARES
  • २०७९ आषाढ २६ गते आइतबार

    आजको मौसम : यी स्थानमा  पानी पर्छ

    काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू–भागमा आँशिक देखि सामान्य बदली रहने जनाएको छ । 

     प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती देशका पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    images
    images

    Logo