images
images

बाजुराको बुढीगंगा नगरपालिकामा एमालेको अग्रता, कस्को कति ?


  • 502
    SHARES
  • २०७९ आषाढ २५ गते शनिबार

    बाजुराको बुढीगंगा नगरपालिकामा एमालेको अग्रता, कस्को कति ?

    काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता बढाउदै लगेका छन् । ५ हजार ४ सय २९ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ३ हजार ३ सय ५१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार रंगबहादुर खातीले १ हजार ७ सय ८९ मत ल्याएका छन्  । 

    उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्का (कुवँर) ले ३ हजार २ सय ७९ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी  निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रीता शाहीले १ हजार ८ सय५८ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।

    नगरपालिकाको ५ वटा वडाको मतगणना सकिँदा ४ वटा वडामा नेकपा एमाले र एउटामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर १, २, ९ र १० को अध्यक्षमा एमालेका उम्मेदवार र वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।


    images
    images

    Logo