images
images

सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


  • 429
    SHARES
  • २०७९ आषाढ २५ गते शनिबार

    सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    काठमाडौं । काठमाडौँको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका–१२ सोल्टीमोडमा प्रदेश ३–०२–००७प ९१९४ नंम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर चित्लाङका २७ वर्षीय बुद्ध गोलेको आज मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

     


    images
    images

    Logo