काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व सङ्कलन हुनसकेको छैन । सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल १० खर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
चालु आर्थिक बर्ष सकिन अब १ साता बाँकी छ । सरकारले चालु आर्थिक बर्षमा कूल ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार हालसम्म कूल लक्ष्यको ८४.७६ प्रतिशत बराबर राजस्व सङ्कलन भएको छ ।
त्यसमा कर राजस्व कूल ९ खर्ब २६ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबर सङ्कलन भएको छ । यो कूल लक्ष्यको ८६.७५ प्रतिशत बराबर हो । चालु आर्थिक बर्षमा १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ बराबर कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिए बराबर नै सङ्कलन हुने सरकारको विश्वास छ ।
त्यस्तै गैरराजस्व १ खर्ब १२ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ बराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म ७४ अर्ब १९ करोड ७१ लाख रुपैयाँ बराबर सङ्कलन भएको छ । यो कूल लक्ष्यको ६५.८७ प्रतिशत बराबर हो ।
कार्यालयका अनुसार सरकारले ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ बराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकामा १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ बराबर प्राप्त भएको छ । कूल लक्ष्यको २३.१७ प्रतिशत बराबर हो । सबै विवरणका आधारमा हेर्दा सरकारले चालु आर्थिक बर्ष को हालसम्म अर्थात् (असार २५ गते) आजसम्म कूल लक्ष्यको ८५.३३ प्रतिशत बराबरको प्राप्त गरेको छ ।
त्यस्तै सरकारको खर्चतर्फ कूल लक्ष्यको ७४.३३ बराबर खर्च भएको छ । त्यसमा सबैभन्दा बढी खर्च चालु खर्च रहेको छ । चालु आर्थिक बर्षका कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ करोड रुपैयाँ बराबरको बजेट खर्च गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये हालसम्म १२ खर्ब १२ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबर खर्च भएको छ । त्यसमा चालु खर्चतर्फ १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म ९ खर्ब ३८ अर्ब २० लाख रुपैयाँ बराबर खर्च भएको छ । यो भनेको कूल लक्ष्यको ८८.०५ प्रतिशत बराबर हो ।
यस्तै पूँजीगत खर्च कूल लक्ष्यको ४६.२२ प्रतिशत बराबर भएको छ । विकास निर्माणका काम प्रभावकारी बन्न नसकेका कारण पूँजीगत खर्चमा उल्लेख्यरूपमा बढोत्तरी हुन नसकेको देखिन्छ । सरकारले तीन खर्च ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ बराबरको पूँजीगत खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म १ खर्ब ७४ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ बराबर खर्च भएको छ ।
यस्तै सरकारले नियमितरूपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा र ब्याज भुक्तानीका लागि विनियोजन गरेको वित्तीय व्यवस्थातर्फ लक्ष्यको ५२.४५ बराबर खर्च गरेको छ ।चालु आर्थिक बर्षमा १ खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट वित्तीय व्यवस्थातर्फ गरेको छ । त्यसमध्ये हालसम्म ९९ अर्ब ३५ करोड ९० लाख रुपैयाँ बराबर भुक्तानी गरेको छ ।
सरकारको तर्फबाट आगामी चालु आर्थिक को बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ अर्थात् ८८्६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ । कूल सरकारी खर्चमध्ये चालु खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ अर्थात् ९१.२ प्रतिशत, पूँजीगत खर्च तीन खर्ब नौ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ ।
कोभिड–१९ महामारीको विषम परिस्थितिकाबीच हालसम्मको राजस्व सङ्कलन अवस्था सन्तोषजनक रहेको छ । चालु आर्थिक बर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ सङ्कलन हुने अनुमान छ । जुन अघिल्लो चालु आर्थिक बर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।
चालु आव वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड रुपैयाँ र ऋण १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ परिचालन हुने संशोधित अनुमान छ । चालु आर्थिक बर्षमा २ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अवस्था छ ।



