काठमाडौं । नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितीको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप (नियम ९४० बमोजिम उनीहरूको बढुवा सिफारिस गरिएको हो ।बढुवा सिफारिस सूची अनुसार पुरानो व्याजका गणेश चन्द पहिलो नम्वरमा रहेका छन् ।
त्यसैगरी राष्ट्रिय अनुशन्धान बिभागबाट आएको टोलिका सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुरवेदी रहेका छन । त्यसैगरी दानबहादुर कार्की, डा. मनोजकुमार केसी, राजन अधिकारी, जीवन कुमार श्रेष्ठ (क), हिमालय कुमार श्रेष्ठ, डम्मर बहादुर विक, ओमबहादुर रानालगायत एसएसपीमा सिफारिस भएका छन् ।

