काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साता पर सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले यसअघि असार ३२ गतेको लागि रिजल्टको मिति तोकेकोमा यो एक साता धकेलिने भएको हो । अब साउन पहिलो साताभित्र नतिजा प्रकाशन गर्नेगरी तयारी गरिएको छ ।
प्रश्नपत्रको सम्परिक्षण एवं अन्य प्राविधिक प्रक्रियाका लागि समय लागेपछि यसअघिको कार्यतालिकामा संशोधन गर्नुपरेको परीक्षा नियन्त्रक अर्जुन रायामाझीले जानकारी दिए ।