images
images

बाजुराको बुढीगंगामा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै


  • 332
    SHARES
  • २०७९ आषाढ २५ गते शनिबार

    बाजुराको बुढीगंगामा  मेयर र उपमेयरमा  एमालेको अग्रता कायमै

    काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता बढाउदै लगेका छन् । ३ हजार ६ सय ४८ मतगणना हुँदा एमालेका उम्मेदवार रामबहादुर बानियाँले २ हजार १ सय ९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली  कांग्रेस उम्मेदवार रंगबहादुर खातीले १ हजार २ सय ३९ मत ल्याएका छन्  ।

    उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्का (कुवँर) ले २ हजार १ सय ७२ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी  निकटतम प्रतिस्पर्धी नेपाली  कांग्रेसकी रीता शाहीले १ हजार २ सय ६२ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।

    अहिलेसम्म वडानम्बर १, ९ र १० को मत गणना सकिएको छ । यी वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने गणना जारी रहेको वडा नम्बर २ मा पनि एमालेकै उम्मेदवारले अग्रता लिएका छन् ।


    images
    images

    Logo