images
images

न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय


  • 318
    SHARES
  • २०७९ आषाढ २४ गते शुक्रबार

    न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय

    काठमाडौं । न्याय परिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका शाहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

     पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीइभिटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषद्ले जनाएको छ ।

    बैठकले रिक्त जिल्ला न्यायाधीश नियुक्तिका लागि सात दिने सूचना प्रकाशित गर्ने निर्णयसमेत गरेको छ । परिषद्को निर्णयअनुसार आगामी सोमबार सूचना प्रकाशित हुनेछ ।

     


    images
    images

    Logo