काठमाडौं । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । आबेको शुक्रबार मात्र हत्या भएको हो । चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।
यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन् ।