images
images

जिल्ला न्यायाधीशका लागि आवेदन माग, ७ दिनभित्र आवेदन दिनुपर्ने


  • 451
    SHARES
  • २०७९ आषाढ २४ गते शुक्रबार

    जिल्ला न्यायाधीशका लागि आवेदन माग, ७ दिनभित्र आवेदन दिनुपर्ने

    काठमाडौं । जिल्ला न्यायाधीशमा नियुक्ति गर्नको लागि आवेदन माग गरिएको छ । शुक्रवार बसेको न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीशको नियुक्ति लिन इच्छुक योग्यता पुगेका उपसचिवहरुलाई आवेदन दिन आह्वान गरिएको हो ।

    योग्यता पुगेका इच्छुक उपसचिवहरुले ७ दिनभित्र आवेदन दिनुपर्ने छ । प्राप्त आवेदनका आधारमा रोष्टर बनाई परिषद्समक्ष पेश गर्न परिषद्को बैठकले सचिवालयलाई निर्देशन दिइएको छ । 

    संविधानको धारा १४९ को उपधारा २ क बमोजिम कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरुमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा नियुक्ति दिने प्रयोजनका लागि आवेदन माग गरिएको छ ।


    images
    images

    Logo