images
images

बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय


  • 516
    SHARES
  • २०७९ आषाढ २४ गते शुक्रबार

    बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय

    काठमाडौं ।  बलात्कार मुद्दामा बालिगले १ वर्ष र नाबालिगले २ वर्षसम्म उजुरी गर्न सक्ने निर्णय भएको छ । प्रतिनिधिसभा अन्तरगत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकले हदम्याद बढाउने निर्णय गरेको हो ।

    समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमाथिको छलफलमा हदम्याद बढाउने सहमति जुटाएको छ । 
    समितिले जुटाएको सहमित अनुसार अब कुनै पनि बलात्कारमा परेका नाबालिगले बालिग भएको ३ वर्षपछिसम्म उजुरी गर्न पाउने भएको छ । यस्तै बालिगको हकमा भने घटना भएको २ वर्ष भित्र उजुरी गर्नु पर्ने छ ।

    थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको २ वर्ष ३ महिना भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।


    images
    images

    Logo