काठमाडौं । बाजुराको बुढीगंगामा भएको निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार २ सय मत गन्दा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १ सय मत ल्याउँदा प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार रंगबहादुर खातीले ८८ मत ल्याएका छन् ।
बैशाख ३० गते भएकाे निर्वाचनमा धाँदली भएकाे पुष्टि भएपछि साे निर्वाचन आयाेगले त्यहाँकाे मतदान रद्द गरि पुन मतदान गर्ने निर्णय गरेकाे थियाे । जसअनुसार साे गाउँपालिकामा बिहीबार निर्वाचन भएकाे थियाे । आज बिहान सर्वदलीय बैठक बसेर मत गणना गर्ने सहमति भएपनि ढिला गरि मतगणना सुरु भएकाे हाे ।
अहिले ७ सय ५२ स्थानीय तह र ७६ जिल्लाकाे जिल्ला समन्वय समितिकाे निर्वाचन सम्पन्न भइसकेकाे छ । बुढीगंगाकाे मत परिमाण नआउँदा बाजुरा जिल्लाकाे जिल्ला समन्वय समितिकाे निर्वाचन समेत हुन सकेकाे छैन । याे गाउँपालिकाकाे मतपरिणामपछि जिससकाे निर्वाचनकाे बाटाे समेत खुल्नेछ । साे निर्वाचन सकिएसँगै स्थानीय तह निर्वाचनकाे प्रक्रिया पुरा हुनेछ ।
अहिले निर्वाचन आयाेगले मंसिर २ गतेका लागि प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन गर्न सिफारिस गरेकाे छ । तर स्थानीय तहकाे निर्वाचन प्रकिया नसकिँदा नयाँ निर्वाचन घाेषणा समेत अल्झिएकाे थियाे । अब नयाँ निर्वाचन घाेषणाकाे समेत बाटाे खुल्ने छ ।



