images
images

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी विष्णु प्रसाद गैरे पक्राउ


  • 447
    SHARES
  • २०७९ आषाढ २४ गते शुक्रबार

    बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी विष्णु प्रसाद गैरे पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी विष्णु प्रसाद गैरेलाई पक्राउ गरेको छ । प्रहरीले पाल्पा तानसेन नगरपालिका–१४ ठेगाना भई हाल काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने ५६ वर्षीय बिष्णु प्रसाद गैरेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

    गैरेले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उच्च अदालत पाटनले बैंकिङ कसुरमा २०७९ जेठ २७ गते गते फैसला गर्दै गैरेलाई बैकिङ कसुर अन्तर्गत ७ लाख ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

    काठमाडौंबाट पक्राउ परेका उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo