images
images

अन्तत : ९ अंकले घटेर बन्द भयो नेप्से, ४ अर्बमाथिको कारोबार


  • 332
    SHARES
  • २०७९ आषाढ २० गते सोमबार

    अन्तत : ९ अंकले घटेर बन्द भयो नेप्से, ४ अर्बमाथिको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७५ अंकले घटेर २ हजार ७६ दशमलब ६७ विन्दुमा पुगेर छ । आज शेयर बजार घटेपनि कारोबार रकममा भने बढेको छ । आज २ सय ३४ स्क्रिपको ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको १ करोड ९ लाख कित्ता  किनबेच भएको छ ।

    आजको कारोबारको सुरुवातदेखि नै उच्च अंकले बढिरहेको नेप्से अन्तत सामान्य अंकले घटेर बन्द भएको छ ।  सोमबार १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। 

    आज कारोबार आएका ७१ कम्पनीको शेयरमूल्य बढेको छ । १ सय १६ कम्पनीको शेयरमूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । आज बजार घट्दा सबैभन्दा धेरै शिवम् सिमेन्ट्को शेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै  शिवम् सिमेन्ट्को १७ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ८ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

    यसैगरी, आज हिमालयन डिष्टिलरीको १६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एसियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  आज २ कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । सर्किट लाग्नेमा सीवाईसी र  ङादी ग्रुप पावर कम्पनी रहेका छन् । 


        


    images
    images

    Logo