images
images

काठमाडौं महानगरका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाका लागि निवेदन दिन ३५ दिने सूचना


  • 76
    SHARES
  • २०८३ भाद्र १८ गते बिहीबार

    काठमाडौं महानगरका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाका लागि निवेदन दिन ३५ दिने सूचना

    काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन ३५ दिने सूचना जारी गरिएको छ ।

    नेपाल सरकारअन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भूमि समस्या समाधान समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाभित्र बसोबास गरिरहेका लक्षित वर्गलाई तोकिएको समयभित्र निवेदन पेस गर्न आग्रह गरेको हो ।

    समितिका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले समितिले तोकेको निश्चित ढाँचाको निवेदन फाराम भरेर आफू हाल बसोबास गरिरहेको सम्बन्धित वडा कार्यालयमार्फत निवेदन पेस गर्नुपर्नेछ ।

    सूचनामा ३५ दिनभित्र निवेदन दर्ता गर्न आग्रह गरिएको छ । तोकिएको समयसीमाभित्र निवेदन नदिने व्यक्तिलाई पछि प्रक्रियामा समावेश गर्न कठिन हुन सक्ने समितिले जनाएको छ ।

    भूमि समस्या समाधानका लागि आवश्यक तथ्यांक संकलन तथा जग्गा व्यवस्थापन प्रक्रियालाई अघि बढाउने उद्देश्यले निवेदन आह्वान गरिएको समितिले जनाएको छ ।

    792235158_1854734582162579_3951008638558525947_n


    images
    images

    Logo