images
images

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित


  • 52
    SHARES
  • २०८३ भाद्र १८ गते बिहीबार

    एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

    काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपालले घरेलु टोली मलेसियामाथि ६ विकेटको सहज जित हासिल गरेको छ। योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

    मलेसियाले दिएको १०४ रनको सामान्य लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा अर्जुन कुमालले सर्वाधिक ४५ रनको योगदान दिए। उनले ६८ बलमा उक्त रन बनाएका हुन् ।

    इसान पाण्डेले २० रन, दीपेन्द्रसिंह ऐरीले १२ रन र कप्तान रोहित पौडेलले १० रन जोडे। देव खनालले २ रन बनाए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भएको थियो । मलेसियाका कप्तान सायिद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहिदले २४ रन जोडे। भिरानदीप सिंहले १४ तथा स्याहादत रामिलले १३ रन बनाए ।

    नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै ७.३ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए । ललित राजवंशीले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।

    यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो । मलेसियामाथिको जितसँगै नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो सफलता हात पारेको छ ।


    images
    images

    Logo