काठमाडौं । सुपर मादी हाईड्रोले आईपिओ निष्काशनको लागि धितोपत्र बोर्डसगँ अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न लागेको हो ।
असार १५ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।