काठमाडौं । साताको पहिलो दिन शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.४१ अंकले बढेर २ हजार ८६ दशमलव ३८ विन्दुमा पुगेको छ । आज २ सय ३१ स्क्रिपको २ अर्ब ४८ करोड रुपैयाँ बराबरको ६२ लाख २७ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका१ सय ९३ कम्पनीका शेयरमध्ये १ सय ७६ कम्पनीको शेयर मुल्य बढेको छ । १२ कम्पनीको शेयर मुल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । आइतबार कारोबारमा आएका सबै उपसुचकहरु बढेका छन् । आज सबैभन्दा बढी ट्रेडिङ र हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा कम म्युचुअल फण्डका लगानीकर्ताले कमाएका छन् ।
आज सबैभन्दा धेरै न्यादी ग्रुप पावरको २२ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ८ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका मध्ये ६ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा साल्ट ट्रेडिङ कपोर्रेशन, हिमालयन पावर पार्टनर, सान्जेन जलविद्युत कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र अपर तामाकोशी हाइड्रोपावर रहेका छन् ।



