काठमाडौं । इङ्वा हाइड्रोपावरले आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले आयोजन प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ विक्री गर्नको लागि बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले १८ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ रुपैयाँको दरले १८ लाख कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले विक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त गरेकाे छ ।