images
images

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क


  • 352
    SHARES
  • २०७९ आषाढ ९ गते बिहीबार

    नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

    काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।इन्टरनेटको लिज लाइनअन्तर्गत १ देखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब १ हजार ६ सय रुपैयाँ मात्र कायम गरिएको छ । यसअघि २ हजार  शुल्क रहेकामा टेलिकमले ४ सय रुपैेयाँ घटाएको हो ।

    यस्तै २१ देखि ५० एमबिपीएसको महसुल दर २ हजार ३ सय रुपैयाँ रहेकामा १ हजार ६ सय रुपैयाँ बनाइएको छ । ५१ देखि १०० एमबिपीएसको २ हजार १ सय रुपैयाँ र १०० एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल १ हजार ९ सय  रहेकामा दुवैको महसुल दर घटाएर १ हजार ५ सय कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 

    उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत १ देखि १० एमबिपीएस व्यान्डविथको महसुल २ हजार ७ सय  रहेकामा २ हजार ४  सय रुपैयाँ बनाइएको छ । यसैगरी ११ देखि १०० एमबिपीएसको २ हजार ४ सय  रहेकामा २ हजार १ सय, १ सय  एमबिपीएसभन्दा बढीको २  हजार १ सय रुपैयाँ रहेकामा  १ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

    नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । उक्त सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैँ बराबर रहननाका साथै २४सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।


    images
    images

    Logo