images
images

बाबुको निर्णयमा असहमति, सरकारी गाडी तोडफोड


  • 378
    SHARES
  • २०७९ आषाढ ९ गते बिहीबार

    बाबुको निर्णयमा असहमति, सरकारी गाडी तोडफोड

    काठमाडौं । आफ्ना बाबुले गरेको निर्णयमा असहमति जनाउँदै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुका छोरा ज्योती गच्छदार थारुले सरकारी गाडी तोडफोड गरिदिएका छन्। ज्योतीले गाउँपालिकाको प्रदेश १–को १ झ ५७८ नम्बरको गाडी मंगलबार साँझ तोडफोड गरिदिएका हुन्।

    गाउँपालिका परिषरमै राखिएको बेला गाडी तोडफोड गरिएको हो। ढुंगाले प्रहार गरेर पछाडिको शिशा फुटाइएको छ। गाडी गाउँपालिका अध्यक्ष जयप्रकाशले नै प्रयोग गर्दै आएका थिए । गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा मंगलबार दिनभर छलफल भएको थियो।

    विभिन्न समिति निर्माणको विषयलाई पनि छलफलको एजेन्डा बनाइयो। तर कांग्रेसबाट बहुमतसहित अध्यक्षमा निर्वाचित जयप्रकाशले एमालेबाट निर्वाचित वडाअध्यक्षहरुलाई कार्यपालिकाभित्रका विभिन्न समितिमा जिम्मेवारी नदिएको विषयमा विवाद भयो। अन्ततः एमालेका वडाध्यक्षलाई पनि केही समितिको जिम्मेवारी दिन जयप्रकाश तयार भए।

    तर उनका छोरा ज्योती भने एमालेलाई पेलेर जानुपर्छ भन्ने पक्षमा थिए । एमालेबाट निर्वाचित भएकालाई जिम्मेवारी दिन नहुने माग राख्दै आएका ज्योतीले निर्णयप्रति असहमति जनाउँदै आफ्ना बाबुले चढ्दै आएको सरकारी गाडी तोडफोड गरिदिएको एक जनप्रतिनिधिले बताए। 

     


    images
    images

    Logo