काठमाडौं । अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ । नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ । उनी चिनियाँ नागरिक हुन् ।
यसअघि हिजो त्रिशूली ३ ए बाट २ जनाको उद्धार भएको थियो ।
२१६ मेगावाटको अपर त्रिशूली-१ चिनियाँ ठेकेदारले निर्माणको काम गरिरहेका छन् ।