काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बुधबार अपरान्ह ३ बजे प्रधघानमन्त्री निवास बालुवाटारमा उक्त बैठक बस्न लागेको हो ।
आजको बैंठकमा सरकारको पुनर्गठनको एजेण्डा प्रमुख रहेको बताइएको छ । नेकपा एकीकृत समाजवादीले गरेको मन्त्री फेर्ने निर्णय र अर्थमन्त्री जनार्दन शर्माबारे उठेका प्रश्नहरुको सम्बन्धमा समेत बैठकमा छलफल हुने बताइएको छ ।
प्रदेश सरकारको परिवर्तनको सम्बन्धमा समेत बैठकमा छलफल हुने गरि एजेण्डा राखिएको छ ।