काठमाडौं । बुधबारबाट सेवा बन्द गरेको प्रति बुद्ध एयरले क्षमायाचना गरेको छ । बुद्ध एयर बुधबार प्रेस विज्ञप्ति जारी गर्दै क्षमायाचना गरेको हो । मंगलबार रातिको छलफल पछि बुधबारबाट सेवा सुचारु भएसगैँ एयरले क्षमायाचना गर्दै भनेको छ 'वायुसेवा कम्पनी यात्रुहरूको पारवहान सुविधा र कर्मचारीको जिवकोपार्जन थलो हो , हाम्रो आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यथोचित निर्णय होइन, यसको आत्मआलोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दर्छौ ।'
- क्यान र आओनबीच मध्यरातमा सहमति : बिहान ११ बजेदेखिका सबै उडान सुचारु हुने
-
क्यानको चेतावनीपछि डराए वायुसेवा सञ्चालक, ‘फेस सेभिङ’का लागि वार्ता गर्दै
यसका साथै हाल काठमाडौं विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाज रहेका छन् यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुने पनि उक्त विज्ञप्तिमा उल्लेख रहेको छ ।
यस्तै, अहिले काठमाडौं विमानस्थलको पार्किङतर्फ रात्रि विसानमा क्षमता भन्दा बढी जहाज रहेकाेले प्राधिकरणले आन्तरिक वायु सेवालाई त्यसभन्दा बढी जहाज काठमाडौं बाहिर रात्रि विसान गर्न निर्देशन दिएको हो। यस पहिलेकाे अध्ययन र मूल्यांकनमा पार्किङ क्षेत्रमा १७ वटा जहाजको क्षमता रहेको देखाइएको थियाे ।



