images
images

१९ रुपैयाँसम्ममा बिक्यो भारतमा नेपाली बिजुली 


  • 483
    SHARES
  • २०७९ जेठ २१ गते शनिबार

    १९ रुपैयाँसम्ममा बिक्यो भारतमा नेपाली बिजुली 

    काठमाडौं । नेपालले भारतमा विजुली निर्यात सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित  विद्युत् भारतमा १९ रुपैयाँसम्म विक्री गर्ने लागेको हो  । सो विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरु हुने भएको छ । 

    प्राधिकरणले त्रिशुली र देवीघाटबाट उत्पादित  करिब ३९ मेगावाट जलविद्युत  विहीबारबाट भारतलाई विक्री गर्न थालिएको थियो । यसका साथै कालीगण्डकीको जलविद्युत उत्पादन भएसगैँ प्राधिकरणले १ सय ७७ दशमलव ७ मेगावाट विद्युत् भारत निर्यात गर्ने भएको छ ।

     कालीगण्डकी ए को १ सय ४० मेगावाट, त्रिशूलीको २३ दशमलव २ मेगावाट र देवीघाटको १४ दशमलव ५ मेगावाट विद्युत् भारत निर्यात गर्ने छ । 

    शनिबार रातिबाट निर्यात हुने विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको छ भने  ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु)रुपैयाँमा विक्री हुने भएको छ । प्रति १५ मिनेटलाई एउटा ब्लक मानिन्छ र १५ मिनेटको ९६ ब्लक हुन्छन् ।  सोही अनुसार विजुलीको मूल्य पनि फरकफरक हुन्छ । 

    प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विजुलीको अधिकतम मूल्य भारु १२  र न्युनतम २.४९ रहेको थियो भने शनिबार प्रधिकरणले अधिकतकम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ र न्यूनतम ४.०८ रुपैयाँ विजुली बिक्री गरेको छ ।


    images
    images

    Logo